scheduleबिहिवार आश्विन ८ गते, २०७७

शनिबार रातिदेखि मनसुन सक्रिय हुने, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, २४ साउन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी न्युन चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ अवस्थित छ ।

अहिले प्रदेश नं २ र प्रदेश नं ५ का केही भुभागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भु-भागहरुमा सामान्य देखि पूर्ण बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा बर्षा भईरहेको छ।

महाशाखाका अनुसार शनिबार रातीदेखि मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भागको नजिक सर्ने सम्भावना देखिएको छ । त्यसैकार‌‌ण मनसुन सक्रिय भई शनिबार रातीबाट दुईदेखि तीन दिनसम्म देशका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षा र थोरै स्थानहरुमा भारी वर्षा समेत हुने सम्भावना छ ।

भारी वर्षाका कारण बाढी र पहिरोको जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो : देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश,गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै-थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय