scheduleआइतवार आश्विन ४ गते, २०७७

कार दुर्घटनामा परी ३ जनाको ज्यान गयो

काठमाडौं, २४ साउन । रुपन्देहीको रोहिणी गाउँपालिकामा गएराति कार दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

नवलपरासीको परासीबाट भैरहवा जाँदै गरेको लु २ च ६७५६ नम्बरो कार रोहिणी ४ छिपागडस्थित हुलाकी सडकखण्डअन्तर्गत  सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको बताइएको छ ।

चारजना सवार रहेको कार दुर्घटनामा परी घाइते भएकामध्ये तीनजनाको भैरहवास्थित भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । एकजना घाइतेको भने उपचार भइरहेको छ ।

तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय