scheduleआइतवार आश्विन ११ गते, २०७७

विराटनगरमा थपिए २२ जना संक्रमित, पत्रकारलाई पनि संक्रमण

विराटनगर, २४ साउन । मोरङको विराटनगर महानगरपालिकामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ । संक्रमित हुनेमा एकजना फोटो पत्रकारसहित तीन जना पत्रकार पनि रहेका छन् ।

पत्रकारमा संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा रहेका अन्यको स्वाब संकलन गरिएको छ । त्यसैगरी उनीहरु आबद्ध दैनिक पत्रिकाको प्रकाशन पनि अनिश्‍चितकालका लागि बन्द गरिएको छ ।

पछिल्लोपटक संक्रमण पुष्‍टि भएकाहरु विराटनगर महानगरपालिका विभिन्‍न स्थानका बासिन्दाहरु हुन् ।

पछिल्लो समय संक्रमण बढेसँगै विराटनगरमा साउन महिनाभरका लागि लकडाउन लागू गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय