scheduleआइतवार आश्विन ४ गते, २०७७

अब सजिलै पुग्न सकिन्छ नेपालको ‘ताजमहल’

बसन्त कुँवर/पाल्पा, २४ साउन । पाल्पाको सुन्दर रमणीय पर्यटकीय क्षेत्रको रुपमा चिनिने नेपालको ताजमहल समेत भनेर मानिने पाल्पाको रानी महल पुग्ने बाटो पिच गर्न थालिएको छ ।

पाल्पाको सदरमुकामदेखि करिब १३ किलोमिटर टाढा पर्ने रानीमहलको सडक यसअगिनै करिब ७ किमी पिच गरिसकिएको थियो भने बाँकी सडक खण्ड कच्ची नै रहेको थियो ।

सडक पूर्वाधार विकास कार्यालय पाल्पाको करिब १२ करोड ७३ लाख ८७ हजारको लगानीमा ६.५ किमी सडक पिच गर्ने, वाल लगाउने र नाली बनाउने काम सुरु भएको छ । २०७६ फागुन २२ गते ठेक्का सम्झौता गरी २०७८ जेष्ठ २१ गतेसम्म काम सम्पन्न गर्ने गरी लोहनी एण्ड ब्रर्दस लोहनी एण्ड सन्स जे.भि.कन्स्ट्रक्सनलाई दिएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख प्रेमनारायण बस्यालले जानकारी दिए ।

नेपालमा कोरोना भाइरसको जोखीम अवस्था कायमै रहेको भएता पनि कन्स्ट्रक्सनले बाटोको काम सामाजिक दूरी कायम गर्दे काम धमाधम गरिरहेको र आगामी २०७८ असार मसान्त भित्रसम्म ६.५ कि.मी. पिच साथै वाल तथा नाली बनाउने काम सक्ने गरी लागी परेको कन्सट्रक्सन प्रमुख अशोक लोहनीले जानकारी दिए ।

पाल्पाको रानीमहलमा आन्तरीक मात्र नभई वाह्य पर्यटकहरुको पनि धेरै मात्रामा आगमन हुने गरेको छ । यसअघि राम्रो बाटो नहुँदा यसले रानीमहल आउने पर्यटकहरुको संख्यामा समेत असर पुर्‍याइरहेको छ । बाटो पिच भएसँगै पर्यटकहरु समेत वृद्धि हुने आशा लिँदै यो बाटो पिच हुनु समग्र पाल्पालीहरुको र पाल्पाबासीहरुको लागि खुशीको कुरा बताउँदै होटेल व्यवसायमा समेत फाइदा पुग्ने स्थानीय रिर्सोट सञ्चाकल बसन्त कुँवर बताउँछन् ।

रानीमहलमा बर्षनी हजारौं स्थानीय तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । रानी महलसम्म पर्यटकहरु पुग्नको लागि बाधकको रुपमा अहिलेसम्म बाटो नै बनेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय