scheduleआइतवार आश्विन ११ गते, २०७७

पर्सामा थप ५५ जनामा कोरोना संक्रमण पुष्‍टि

वीरगञ्‍ज, २४ साउन । पर्साको वीरगञ्‍जस्थित नारायणी अस्पतालको पिसीआर प्रयोगशालामा गरिएको परीक्षणमा थप ५५ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । संक्रमित हुनेमा ८ जना महिला र ४७ जना पुरुष छन् ।

संक्रमितमध्ये पर्साका ५१ जना, बाराका ३ जना र सर्लाहीका १ जना छन् ।

पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र प्रसाद साहमा पनि संक्रमण पुष्‍टि हुँदा सोही नगरपालिकाका अन्य २४ जनामा पनि संक्रमण देखिएको छ ।

शुक्रबार मृत्यु भएका वीरगञ्‍ज-३ छपकैयाका ७४ वर्षीय वृद्ध पनि संक्रमितको सूचीमा समावेश छन् ।

त्यसैगरी एकजना सेनाका जवान र अस्पतालको ल्याबका एकजना कर्मचारीमा पनि संक्रमण देखिएको छ ।

पछिल्लो समय पर्सामा संक्रमण व्यापक रुपमा बढेको छ । पर्सा जिल्लाभर निषेधाज्ञा पनि जारी गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय