scheduleबिहिवार आश्विन १५ गते, २०७७

गृहमन्त्री थापाको कोरोना रिपोर्ट नेगेटिभ

कोरोना रिपोर्टकाठमाडौं, २४ साउन । गृहमन्त्री रामबहादुर थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गृहमन्त्रीको रिपोर्ट नेगेटिभ आएको उनका  प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोभिड-१९ भएको पुष्टि भएपछि गृहमन्त्री थापाको पनि कोभिड-१९ परीक्षण गरिएको थियो।

कोभिड-१९ पोजेटिभ देखिएका  मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा (बादल), सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार, प्रहरी महानिरीक्षक लगायतसँग भेटघाट गरेका थिए।

त्यसपछि प्रधामनमन्त्री केपी शर्मा ओली, गृहमन्त्री थापालगायत सहभागी अन्यको पनि कोभिड-१९ परीक्षण गरिएको थियो।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय