scheduleबिहिवार आश्विन १५ गते, २०७७

भारतीय नागरिकसहित दुई जनालाई कैद फैसला

वाग्मती, २४ साउन । मकवानपुर जिल्ला अदालत हेटौँडाले प्रतिबन्धित लागुऔषधका कारोवार तथा बिक्री वितरण गर्ने एकजना भारतीय नागरिकसहित दुई जनालाई कैद र दण्डसजाय फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले भारतको विहार राज्यको मोतिहारीका १८ वर्षीय जाकेर आलम तथा रौतहटका चन्द्रपुर नगरपालिका–६ का २० वर्षीय आशनारायण यादवलाई जनही दुई वर्ष कैद सजाय र  एक लाख रकम दण्ड गर्ने फैसला गरेको छ । ती दुवै अभियुक्तलाई मकवानपुर प्रहरीले गत असोज ७ गते ना३३प २६१० नंको मोटरसाइकलमा वीरगञ्जबाट हेटाैंडातर्फ आउँदै गरेको अवस्थामा लागुऔषध नाइट्रोजन १६५ वटा प्याकेटसहित प्रहरीले पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला अदालतमा बुझाइएको थियो ।

मोटरसाइकलधनीलाई झुक्याएर अन्य कामको प्रयोगका लागि मोटरसाइकल लिएर हेटौँडातर्फ आएको हुँदा उक्त मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता दिने गरी फैसला भएको अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय