scheduleशनिवार आश्विन १० गते, २०७७

‘आवाज’ कार्यसमितिको शपथग्रहण सम्पन्‍न, समानताको लागि आवाज उठाउने प्रतिवद्धता

पोखरा, २४ साउन ।  पोखरामा क्रियाशील युवाहरुको संलग्‍नतामा ‘समानताको लागी आवाज’ भन्‍ने मुल नाराका साथ स्थापित संस्था ‘आवाज’का कार्यसमिति सदस्यहरुले शपथग्रहण गरेका छन् । शनिबार पोखराको बगालेटोल स्थित संस्थाको कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा शपथग्रहण सम्पन्‍न भएको हो ।

कार्यक्रममा आफ्ना भनाईहरु राख्दै संस्थाका अध्यक्ष प्रकाश सुनारले आफुहरुको यस संस्थाले विभिन्‍न सामाजिक कुरिति विरुद्धमा आवाज बुलन्द गर्ने बताए ।

साथै यस संस्थाले विभेद र अन्यायमा परेका समुदायहरुको आवाजलाई आफ्नो आवाज बनाएर अगाडि बढ्ने र आवश्यक पहल गरी पीडितहरुलाई न्याय दिलाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा अन्य वक्ताहरुले पनि अन्यायविरुद्ध सबैजना एकजुट भएर लाग्‍नुपर्ने कुरामा जोड दिएका थिए ।

यस संस्थाको ११ सदस्यीय कार्यसमितिमा बाबुराम नेपाली सचिव रहेका छन् भने सन्तोष सुनार कोषाध्यक्ष तथा शर्मिला सुनार उपाध्यक्ष रहेकी छन् । त्यसैगरी अनिल विश्वकर्मा सहसचिव रहेका छन् ।

अनन्त गौतम सल्लाहकार रहेको कार्यसमितिका सदस्यहरुमा विजय परियार, अनु गहतराज, अनिल नेपाली, अर्जुन परियार, शोभा अधिकारी र रवि बराईली छन्।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय