scheduleशनिवार आश्विन १० गते, २०७७

काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल

काठमाडाैं, २४ साउन । एउटै टोलमा आठ जनालाई कोरोना सङ्क्रमण देखिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल अर्थात पूर्ण बन्द गरिएको छ । गहना पोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना सङ्क्रमितहरु फेला परेपछि सो क्षेत्र सिल गरिएको काठमाडौं महानगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिए ।

सङ्क्रमित नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु छन् । त्यहाँ अघिल्लो बिहीबार एक प्रहरीमा सुरुमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । प्रहरीका परिवारमा थप चार जनामा पनि कोरोना देखिएको थियो । उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा हिजो थप पाँच जनामा कोरोना पुष्टि भएको थियो ।

वडा अध्यक्ष डंगोलले अहिलेलाई सिल गरेको र आवश्यकता अनुसार थप निर्णय गर्ने बताउनुभयो । यसैबीच, काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च बन्दै गएको छ । देशकै केन्द्रीय राजधानी काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमणको दर बढेको तथ्यांकले देखाउँछ । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा सात दिनभित्र कोरोना संक्रमितको संख्या धेरै बढेको छ । भारत सहित वैदेशिक रोजगारीको गन्तव्य मुलुकबाट स्वदेश फर्किने नेपाली बढेसँगै उपत्यकामा सङ्क्रमितको संख्या पनि बढेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय