scheduleशनिवार आश्विन १० गते, २०७७

युभेन्ट्सका प्रशिक्षक सारी बर्खास्त

काठमाडौं, २४ साउन । इटालियन क्लब युभेन्ट्सले प्रशिक्षक माउरिसियो सारीलाई बर्खास्त गरेको छ । क्लबका अध्यक्ष र बोर्ड सदस्य सहभागी भएर शनिबार दिउँसो बसेको आकस्मिक बैठकले एक विज्ञप्ति जारी गर्दै सारीलाई बर्खास्त गरेको जानकारी गराएको हो ।

विज्ञप्तिमा भनिएको छ – ‘युभेन्ट्स क्लबले आजकै मितिबाट लागु हुने गरी मुख्य प्रशिक्षक माउरिसियो सारीलाई पदबाट हटाएको छ ।’

युभेन्ट्स च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको २४ घण्टा पनि नबित्दै क्लबले यस्तो निर्णय लिएको हो । गएराति सम्पन्‍न अन्तिम १६ अन्तर्गतको दोस्रो लेगमा लियोनविरुद्ध २-१ को जीत निकाले पनि युभेन्ट्स अवे गोलका आधारमा पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको थियो ।

सारीले क्लब सम्हालेको एक वर्ष भएको थियो । सारीको नेतृत्वमा क्लबले लगातार नवौं पटक इटालियन सिरी ए को उपाधि जितेको थियो ।

यद्यपि क्लबले इटालियन सुपरकप र कोपा इटालिया भने जित्‍न सकेन । ती खेलहरुपछि नै सारीको पद धरापमा पर्न सक्ने देखिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय