scheduleशनिवार आश्विन १० गते, २०७७

ओली समूहका जिल्ला नेताले नारायणकाजीलाई लोखर्के भनेपछि …

काठमाडौं, २४ साउन । सत्तारुढ नेकपाभित्र अन्तरसंघर्ष उत्कर्षमा पुगेको बेला यसले बिस्तारै शत्रुतापूर्ण रुप लिन थालेको छ । पछिल्लो समय नेकपाका नेताहरु गाली गलौजमा उत्रन थालेका छन् ।

शुक्रबार प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको ‘लाज राख्न’ भन्दै ट्वीट सन्देशमार्फत् चेतावनी दिए ।

शनिबार साँझ नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत् एक सार्वजनिक अपिल गरे । ‪उनले भनेका छन्, ‘म फेरि जोड दिएर भन्छु, हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं । सबै बैठकमा उपस्थित भएर आ-आफना विचार राखौं र छलफल गरौं ।’

प्रवक्ता श्रेष्ठको सुझाव छ, ‘त्यसबीचमा आवश्यकताअनुसार शिर्षस्थ नेताहरुको बीचमा र सचिवालयमा गृहकार्य गरौं । बैठकले पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटीको निर्णय अनुसार महाधिवेशनको तयारी गर्ने गरी निकास निकालौं । यथास्थितिमा गुणात्मक परिवर्तन कुन रुपमा कसरी गर्ने भन्ने बारेमा अहंकार र पुर्वाग्रहबाट माथि उठेर छलफल गरौं र अतिवादबाट मुक्त हुँदै आजको आवश्यकतालाई सम्बोधन गर्ने गरी निष्कर्ष निकालौ ।’

श्रेष्ठले पार्टी भित्रको बहस र अन्तर्सँघषलाई सत्योन्मुख रुपान्तरणको साधन बनाउन आग्रह गर्दै लेखेका छन्, ‘व्क्तिको हार र जीतको बिषय होइन । पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनतालाई विजयी बनाऔं । व्यक्तिगत आरोप, प्रत्यारोप वा गालीगलौजका रुपमा होइन, वैचारिक, ‬‪सैध्दान्तिक, राजनीतिक र प्रवृत्तिगत बिषयमा छलफल गरौं ।’

प्रवक्ता श्रेष्ठको उक्त स्ट्याटसमा नेकपा धादिङका जिल्ला समिति सदस्य नरेश खतिवडाले कमेन्ट गरेका छन् । ‘वडा अध्यक्षको चुनाव जित्ने हैसियत नभएका यी लोखर्केले के भनिठानेका होलान् आफूलाई ? यो विवाद सृजना गर्न मुख्य मानिस नै यो लोखर्के हो ।’ ‬

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय