scheduleशनिवार आश्विन १० गते, २०७७

चितवनमा ६ वर्षीय बालकसहित थपिए ६ जना संक्रमित

चितवन, २४ साउन । विगत केही दिनदेखि संक्रम‌ण नदेखिएको चितवनमा पुनः संक्रमण देखिन थालेको छ । गत बुधबार चितवनमा १२ दिनयताकै पहिलो संक्रमित फेला परेका थिए । भरतपुर महानगरपालिका वडा नं १ का एक वृद्धमा संक्रमण देखिएको थियो । त्यसपछि शुक्रबार तिनै वृद्धका छोराबुहारीलाई पनि संक्रमण देखियो । आज शनिबार पनि चितवनमा ६ जना संक्रमित थपिएका छन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ६ जनासहित ८ जनामा संक्रमण पुष्‍टि भएको छ । अन्य दुई संक्रमित नवलपुर र सुर्खेतका छन् ।

अस्पतालका अनुसार चितवनको भरतपुर महानगरपालिका वडा नं १, ४, १० र १५ का पाँचजना पुरुष र एकजना महिलामा संक्रमण पुष्‍टि भएको छ । होम क्‍वारेन्टाइनम बसेका एकजना ६ वर्षीय बालकमा पनि संक्रमण पुष्‍टि भएको छ । त्यसैगरी प्रहरी र थुनुवा गरी तीनजनामा संक्रमण देखिएको छ भने चितवन मेडिकल कलेजमा उपचाररत ३६ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । यस्तै भरतपुर अस्पतालमा उपचाररत् ३१ वर्षीय महिलामा पनि संक्रमण पुष्‍टि भएको छ ।

यस्तै सुर्खेत स्थायी ठेगाना भएका एकजना २२ वर्षीय प्रहरीमा पनि कोरोनाभाइरस संक्रमण देखिएको छ । नवलपुरको गैंडाकोट नगरपालिका वडा नं १५ का ३६ वर्षीय एकजना पुरुषमा पनि संक्रमण पुष्‍टि भएको छ । उनी होम क्‍वारेन्टाइनका हुन् ।

यद्यपि चितवनमा हाल २० जनाभन्दा कम सक्रिय संक्रमित रहेका छन् ।

भरतपुर अस्पतालमा  साउन २४ गते शनिबार परीक्षण गरिएका कुल ६९ स्वाब नमूनामध्ये ८ जनाको रिपोर्ट पोजेटिभ आउँदा अन्य ६१ नमुनाको रिपोर्ट नेगेटिभ आएको अस्पताल प्रमुख नीतु अधिकारीले जानकारी दिएकी छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय