scheduleबिहिवार आश्विन १५ गते, २०७७

सांसद कृष्णालाई कोरोना


बुटवल, २५ साउन । प्रदेश ५ की सांसद कृष्णा केसी (नमूना)लाई कोरोना संक्रमण भेटिएको छ । उनी आफ्नो निर्वाचन क्षेत्र नरैनापुरमा विभिन्न कार्यक्रममा सक्रिय रहँदै आएकी थिइन् ।

सांसद केसीले शनिबार राति फेसबुकबाट एक सन्देश सार्वजनिक गर्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की केसीले आफ्नो सम्पर्कमा आएकाहरुलाई पनि पीसीआर परीक्षण गर्न र सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेकी छिन् ।

उनले भनेकी छिन्, ‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्तायता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पीसीआर जाँच गराउन अनुरोध गर्दछु ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय