scheduleमगलवार आश्विन ६ गते, २०७७

भारतमा एकैदिन ६५ हजार संक्रमित बढे, अमेरिकामा संक्रमितको संख्या ५१ लाख नाघ्यो

काठमाडौं, २५ साउन । भारतमा गत २४ घण्टाभित्र ६५ हजार कोरोना संक्रमित थपिएका छन् । एकैदिन ६५ हजार १५६ जनामा संक्रमण पुष्टि भएको वर्ल्डोमिटरमा प्रकाशित तथ्यांकमा उल्लेख छ ।

भारत बढी संक्रमित हुने मुलुकको तेस्रो स्थानमा रहेको छ । त्यहाँ हालसम्म ४२ हजार ५१८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै १४ लाख २७ हजार संक्रमित निको भइसकेका छन् भने अहिले ६ लाख २८ हजार ७६३ सक्रिय बिरामी रहेका छन् ।

त्यस्तै, अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ लाख नाघेको छ । बितेको २४ घण्टामा ५४ हजार १३९ थप संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ५१ लाख ४९ हजार ६६३ नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मर्नेको संख्या १ लाख ६२ हजार ३८१ पुगेको छ भने १६ लाख ४३ हजार ११८ निको भइसकेका छन् ।

हाल अमेरिकामा २३ लाख ४६ हजार सक्रिय कोरोनाका बिरामी उपचाररत छन् ।

हालसम्म विश्वभर १ करोड ९४ लाख ९९ हजार बढी संक्रमित हुँदा १ करोड १८ लाख ६४ हजार निको भइसकेका छन् । संक्रमितमध्ये ७ लाख २३ हजार ८८१ को मृत्यू भइसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय