scheduleबिहिवार आश्विन १५ गते, २०७७

पोखराका कोरोना संक्रमित पुरुषको मृत्यु

पोखरा, २५ साउन । पोखरामा उपचाररत् एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठान अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका १९ का ६२ वर्षीय पुरुषको गएराति मृत्यु भएको प्रतिष्‍ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिएका छन् ।

यही साउन १७ गते अस्पताल भर्ना गरिएका ती पुरुषको आईसीयूमा राखेर उपचार हुँदै आएको थियो । उनी मधुमेहबाट समेत पीडित रहेको बताइएको छ ।

प्रतिष्‍ठानमा उपचारका क्रममा मृत्यु हुने उनी तेस्रो व्यक्ति भएको प्रतिष्‍ठानले स्पष्‍ट पारेको छ । गण्डकी प्रदेशमा यो पाँचौ मृत्यु हो ।

पहिलो चरणको कन्ट्‍याक्ट ट्रेसिङबाट मृतकको सम्पर्कमा आएका ६ जनालाई पनि केही दिनअघि संक्रमण पुष्‍टि भइसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय