scheduleशनिवार आश्विन १० गते, २०७७

वीरगञ्‍जमा गरिएको परीक्षणमा थप ७५ जनामा कोरोना संक्रमण पुष्‍टि

वीरगञ्‍ज, २५ साउन । पर्साको वीरगञ्‍जस्थित नारायणी अस्पतालको पिसीआर प्रयोगशालामा गरिएको परीक्षणमा थप ७५ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमण पुष्‍टि भएकामध्ये १५ जना महिला रहेका छन् ।

पर्साका ७१ जना, बाराका ३ जना र सर्लाहीका एकजनामा संक्रमण पुष्‍टि भएको डा. उपाध्यायले बताए ।

संक्रमित हुनेमा पर्साको वीरगञ्‍ज महानगरपालिकाका ४६ जना, पर्सागढी र अमरपट्टीका ३-३ जना पकहामैनपुरु गाँउपालिकाका २ जना तथा बहुदरमाइ नगरपालिका, पटेर्वा सुगौली गाँउपालिका र जिराभवानी गाँउपालिकाका एक-एकजना रहेका छन् ।

त्यसैगरी वीरगन्जस्थित भारतीय दुतावासका एकजना पुरुष कर्मचारी, नारायणी अस्पतालका एक पुरुष र एक महिला कर्मचारीमा समेत संक्रमण पुष्‍टि भएको छ भने वीरगन्ज बारुणयन्त्रका २ जना पुरुष कर्मचारीहरुमा पनि संक्रमण देखिएको छ ।

यस्तै बाराको कलैया परवानीपुर र फेटाका एकएकजनामा पनि संक्रमण पुष्‍टि भएको छ भने सर्लाहीका एकजना पुरुषमा पनि संक्रमण भेटिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय