scheduleआइतवार आश्विन ११ गते, २०७७

उपचार नपाएर मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना ‘पोजेटिभ’

वीरगञ्ज, २५ साउन । वीरगञ्जमा उपचार नपाएर मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना ‘पोजेटिभ’ देखिएको छ ।

वीरगञ्जको ७ वटा अस्पतालमा चहार्दा चहार्दै कुनै पनि अस्पतालले भर्ना नलिँदा शुक्रबार राति बाटोमै मृत्यु भएकी वीरगञ्ज ३ छपकैयाकी २० वर्षीया युवती बिष्णु लामामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको  पीसीआर परीक्षणमा शनिबार राति उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय