scheduleबिहिवार आश्विन १५ गते, २०७७

इनफ इज इनफ र सरकारबीच १२ बुँदे सहमतिपछि इ ले तोडे अनशन

काठमाडौं, २५ साउन । कोरोना नियन्त्रण र रोकथामका लागि सरकारी कदम प्रभावकारी नभएको भन्दै सत्याग्रहमा बसेका ‘इनफ इज इनफ’ अभियान्ता इशान अधिकारी इ ले अनसन तोडेका छन् ।

सरकारले कोरोना परीक्षणको दायरा बढाएको र संक्रमण नियन्त्रणका लागि पहल प्रभावकारी बन्न थालेको भन्दै उनले आइतबार बिहान २३ औँ दिनमा अनशन तोडेका हुन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले उनलाई पानी खुवाएर अनशन तोडाएका थिए ।

स्वास्थ्य मन्त्रालय र अनशनमा बसेका इनफ इज इनफका अभियन्ताबिच स्वास्थ्यकर्मीलाई पीपीई अभाव भएमा मन्त्रालले तत्काल उपलब्ध गराउने, कोरोना भाइरसको संक्रमण नियन्त्रणमा हालसम्म भएको खर्च विवरण चाँडै सार्वजनिक गर्ने लगायतका १२ बुँदे सहमति भएको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय