scheduleबिहिवार आश्विन ८ गते, २०७७

सुटकेसभित्र टाउको काटिएको शव भेटियो

काठमाडौँ, २५ साउन । गोंगबुमा एउटा सुटेकसभित्र टाउको काटिएको शव भेटिएको छ ।

काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले भने- ‘गोंगबु गणेस्थाननेर एउटा कालो सुटकेसमा टाउको काटिएको शव भेटिएको हो । टाउको केही पर झोलामा भेटिएको छ ।’

टाउको र खुट्टालाई प्लाष्टिकले बेरेर दुईवटा छुट्टाछुट्टै झोलामा राखिएको भेटिएको थियो ।

बिहान पौने सात बजे स्थानीयले प्रहरीलाई यसको जानकारी दिएका थिए । शव पुरुषको भए पनि सनाखत भने भइनसकेको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय