scheduleशनिवार आश्विन १० गते, २०७७

घट्यो शेयर बजार, यस्तो छ पहिलो १ घण्टाको कारोबार

काठमाडौं, २५ साउन । आइतवार एक घण्टाको कारोबारमा नेप्से परिसूचक ११ दशमलव ७९ अंक घटेको छ ।

यस अवधिमा नेप्से परिसूचक शून्य दशमलव ८५ अंक घटेर १ हजार ३६९ दशमलव ५८ विन्दुमा झरेको हो । ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स २ दशमलव ९७ अंक घटेर २८६ दशमलव ५९ विन्दुमा झरेको छ ।

एक घण्टामा १६८ कम्पनीको १३ हजार ५३६ पटकको व्यापारमा २५ करोड २१ लाख ३७ हजार बराबरको शेयर कारोबार भएको छ ।

१ घण्टाको  अवधिमा कारोबारमा आएका १२ ओटा समूहमध्ये व्यापारिक समूहको परिसूचक स्थिर रहेको छ भने म्युचुअल फण्डको शून्य दशमलव ६९ प्रतिशत परिसूचक बढेको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय