scheduleबिहिवार आश्विन १५ गते, २०७७

नेकपाका सांसदद्वारा एकताको पक्षमा हस्ताक्षर अभियान

काठमाडौं, २५ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का  सांसदले पार्टी एकताका लागि भन्दै हस्ताक्षर अभियान शुरु गरेका छन् ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व गरेका तीनै पक्षमा आवद्ध ५० सांसदले आइतबार सिंहदरवारमा पत्रकार सम्मेलन मार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

सो अभियानमा संलग्नमध्येका एकजना विशाल भट्टराईले नेकपा विभाजनले देशमै संकट उत्पन्न हुने भन्दै त्यसलाई रोक्न सांसदहरुले हस्ताक्षर अभियान सुरु गरेको बताए।

उक्त  हस्ताक्षर अभियानमा प्रधानमन्त्री केपी ओली र प्रचण्ड-माधव नेपाल पक्ष दुवैतिरका सांसदहरुले हस्ताक्षर गरेका छन् । ओली पक्षधर कृष्णप्रसाद दाहाल, विशाल भट्टराई तथा प्रचण्ड-माधव पक्षका यज्ञराज सुनुवार, गणेश पहाडी, सुरेशकुमार राई लगायत हस्ताक्षर अभियानमा छन् ।

असार १० गते सुरु भएको स्थायी कमिटीको बैठक विवादका कारण असार २० यता  बस्न सकेको छैन।

 

 

 

 

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय