scheduleबिहिवार आश्विन १५ गते, २०७७

काठमाडौं उपत्यकामा थपिए ९२ जना संक्रमित

काठमाडौं, २५ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ९० जनामा कोरोना संक्रमण भेटिएको छ । त्यस्तै ललितपुरमा २ जनामा संक्रमण देखिएको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा ३८० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ७६२ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय