scheduleबिहिवार आश्विन ८ गते, २०७७

२८ प्रतिशत मानिसहरुले लगाएनन् मास्क, लगाउनेले पनि जानेनन्

काठमाडौं, २५ साउन । पछिल्लो समय संक्रमणको दर बढिरहेको अवस्थामा काठमाडौं उपत्यकामा २८ प्रतिशत मानिसले मास्क नै नलगाई सार्वजनिक ठाउँमा जाने गरेको अध्ययनले देखाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाण्डौ उपत्यकाका विभिन्‍न ठाउँमा गरेको अध्ययन अनुसार ७२ प्रतिशत मानिसले मात्रै मास्क लगाउने गरेको र २८ प्रतिशतले मास्क नै नलगाउने गरेको पाइएको परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा जानकारी दिए ।

त्यसैगरी मास्क लगाउनेहरुमध्ये २७ दशमलव ३४ प्रतिशत मानिसले मास्क सही तरिकाले नलगाएको पाइएको छ । नाक देखिने गरेर लगाउने, चिउँडोमा लगाउने र कसैले भने मास्क नै हातमा बोकेर हिँडेका कारण मास्कलाई पनि फेसनको रुपमा प्रयोग गरिएको पाइएको छ ।

अध्ययनका अनुसार मास्क लगाउनेमध्ये १५ दशमलव ८ प्रतिशत मानिसले कपडाको मास्क लगाउने गरेको पाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय