scheduleबिहिवार आश्विन १५ गते, २०७७

शेयर बजार : नेप्से बढ्यो, झन्डै १ अर्ब रुपैयाँको कारोबार

काठमाडाैं, २५ साउन ।   नेप्से परिसूचक आइतबार ११ अङ्कभन्दा धेरैले बढेको छ  । आइतबार नेप्से  परिसूचक ११ दशमलव ३ अङ्कले बढेर १३ सय ९२ दशमलव ६८ अङ्कमा पुगेको  छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार   ‘क’ वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि १ दशलमव ४६ अङ्कले बढेको छ । आइतबार होटल समूहबाहेक सबै समूहका उपसूचक बढेका छन् ।

सबैभन्दा धेरै जीवन बीमा समूहको १ सय २९ दशमलव ५६ र बीमा समूहको १०३ दशमलव ४८ अङ्कले बढेको छ । आइतबार ८७ कम्पनीको कारोबारमा ९७ करोड ७८ लाख रुपैयाँभन्दा धेरैका ३२ लाख १२ हजार कित्ता शेयर किनबेच भएका छन् ।

सबैभन्दा धेरै अजोड इन्स्योरेन्स लिमिटेडको नौ करोड २१ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय