scheduleआइतवार आश्विन ११ गते, २०७७

कोरोनाका कारण कोहलपुर मेडिकल कलेजमा एकको मृत्यु

नेपालगञ्ज, २५ साउन । बाँकेमा एक कोरोना संक्रमितको मृत्यु भएको छ।

बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारत कोहलपुर नगरपालिका वडा नं २ की ७० वर्षीया महिलाको कोरोनाका कारण आइतबार दिउँसो मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। यसअघि नरैनापुर र बैजनाथमा एक/एक जनाको मृत्यु भएको थियो।

बाँकेमा आजमात्रै ३० जना प्रहरीसहित ४८ जना संक्रमित थपिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय