scheduleबिहिवार आश्विन १५ गते, २०७७

नेपालमा कोरोना भाइरस: ५ सय भन्दा बढी संक्रमित ४ जिल्ला, कोरोनामुक्त ७ जिल्ला

काठमाडाैं, २५ साउन ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ५१५ जनाको पिसीआर परीक्षण गरिएकोमा ३८० मा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै कूल कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ९७२ पुगेको छ ।

आइतबार  मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार कोरोना सङ्क्रमित शून्य रहेका सात जिल्लामा सङ्खुवासभा, भोजपुर, खोटाङ, धनकुटा, मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

नेपालमा कोरोनाको पीसीआर परीक्षण प्रति १० लाख जनसङ्ख्यामा दुई दशमलव ७५ रहेको छ । सङ्क्रमणबाट मुक्त हुने दर ७१ दशमलव एक रहेको छ । पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका चार जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौँ छन् ।

पछिल्लो विवरणअनुसार विश्वभर एक करोड ९८ लाख १७ हजार ५७४ जना कोरोनाका सङ्क्रमित भएका छन् । हालसम्म सात लाख २९ हजार ७४८ जनाको मृत्यु भइसकेको छ । एक करोड २७ लाख ५० हजार ३८४ जना निको भइसकेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय