scheduleबिहिवार आश्विन ८ गते, २०७७

प्रहरी प्रधान कार्यालयका थप १० मा संक्रमण, संक्रमित प्रहरीको संख्या सय पुग्यो

काठमाडौं, २५ साउन । प्रहरी प्रधान कार्यालय, नक्सालका थप  १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार थप १० जनामा संक्रमण देखिए सँगै कुल संक्रमितको संख्या एक सय पुगेको केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए।

संक्रमितहरूलाई काठमाडौंको बलम्बुस्थित सशस्त्र अस्पताल, कीर्तिपुरको आइसोलेसन सेन्टर लगायत विभिन्न ठाउँमा पठाइएको छ।

नेपाल प्रहरीमा अहिलेसम्म दुई सय दुई जनामा संक्रमण पुष्टि भइसकेको छ भने एक सय ४९ जना निको भइसकेको  बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय