scheduleबिहिवार आश्विन ८ गते, २०७७

सोमबार विहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?

काठमाडौं, २६ साउन । मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुनी न्युन चापीय रेखा हाल नेपालको दक्षिण पश्चिम भेगको नजिक अवस्थित छ ।

अहिले देशका अधिकांश भू-भागहरुमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा बर्षा भईरहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो : देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशका अधिकांश भू-भागमा सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश , प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय