scheduleमगलवार आश्विन ६ गते, २०७७

फुटबल खेलाडीको कोरोना परीक्षण आज

फाइल तस्वीर : नेपाली राष्‍ट्रिय फुटबल टोली

काठमाडौं, २५ साउन । नेपाली राष्‍ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा बस्‍ने खेलाडीको कोरोना प्रशिक्षण सोमबार हुँदै छ ।

आउँदै गरेको विश्‍वकप छनोट खेलका लागि बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी, प्रशिक्षक, अफिसियल र होस्टलका कर्मचारीको कोरोना परीक्षण गर्न लागिएको हो ।

खेलाडीको कोरोना परीक्षण गर्न दुई दिन लाग्‍ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले बताएको छ । परीक्षणको नतिजा आएपछि एन्फाले खेलाडीलाई होस्टलमा राख्‍ने छ ।

कोरोना महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै लागू गरिएको लकडाउनका कारण चैतदेखि राष्‍ट्रिय फुटबल टोलीको प्रशिक्षण स्थगित भएको थियो । नेपाल सरकारले भदौ १ गतेदेखि अन्तर्राष्‍ट्रिय खेलका लागि प्रशिक्षण सुरु गर्न सकिने निर्णय गरेपछि एन्फाले फुटबल खेलाडीको प्रशिक्षणका लागि विभिन्‍न चरणमा तयारी गरिरहेको छ ।

बन्द प्रशिक्षणमा रहने ३४ मध्ये ३३ खेलाडी अहिले उपत्यकामा क्‍वारेन्टाइनमा छन् । रन्जित धिमाल भने पारिवारिक कारणले केही समयपछि मात्रै प्रशिक्षणमा सहभागी हुनेछन् ।

फिफा र विश्‍व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का साथै नेपाल सरकारको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशिकाअनुसार नै एन्फाले खेलाडीको प्रशिक्षण गर्ने जनाएको छ । यस्तै एन्फाले आफ्नै मेडिकल टिमसंग सहकार्य गरेर छुट्टै मेडिकल निर्देशिकासमेत तयार पारेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय