scheduleआइतवार आश्विन ११ गते, २०७७

एक घण्टामै १४.१५ अंकले बढ्यो नेप्से

काठमाडौं, २६ साउन । सोमवार नेप्से  १४ दशमलव १५ अंकले बढेको छ । १ हजार ३९४ दशमलव ७८ विन्दुबाट शुरु भएको नेप्से कारोबारको पहिलो १ घण्टाको  अवधिमा १ दशमलव शून्य २ प्रतिशत बढेर १ हजार ४०६ दशमलव ८२ विन्दुमा पुगेको छ ।

यस अवधिमा  १२ समूहको परिसूचकमध्ये व्यापारको परिसूचक स्थिर रहेको छ । जलविद्युतको परिसूचक घटेको छ भने बाँकी १० समूहको परिसूचक बढेको नेप्सेले जनाएको छ ।

पहिलो १ घण्टाको अवधिमा १७० ओटा कम्पनीको  ३१ करोड  ७ लाख बराबरको शेयर खरीद विक्री भएको छ ।

उक्त अवधिमा सबैभन्दा बढी साधना लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ८६ प्रतिशत वृद्धि भएको छ । त्यस्तै सर्वाधिक शेयरमूल्य घट्ने कम्पनीमा नेपाल फाइनान्स रहेको छ । उक्त कम्पनीको शेयरमूल्य ९ दशमलव ६९ प्रतिशत घटेको छ । यो १२ बजेको अपडेट हो ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय