scheduleबिहिवार आश्विन ८ गते, २०७७

२ जना कर्मचारीमा कोरोना ‘पोजिटिभ’, एभरेष्ट बैंकको केन्द्रीय कार्यालय सिल

काठमाडौं, २६ साउन । एभरेष्ट बैंकको केन्द्रीय कार्यालय सिल गरिएको छ ।  २ जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि बैंकको लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय सिल गरिएको हो ।

‘२ जनाको रिपोर्ट पोजिटिभ आएपछि सिल गरिएको छ, अब २ दिन पूर्ण रुपमा सिल नै रहनेछ’ ती अधिकारीले भने, ‘सिल भएको अवधिभर हामी बाँकीको परीक्षण गर्छौ, कार्यालयलाई डिस्इन्फेक्सन गर्छौं, त्यसपछि हामी पुनः कार्यालय खोलेर सेवा दिनेछौं ।’ बैंकका एक अधिकारीले भने ।

बैंकको प्रधान कार्यालयमा पछिल्लो समय बाहिरी जिल्लाबाट पनि केही शाखा प्रवन्धकहरु आएको र उनीहरु सबैको परीक्षण हुने बैंकले जनाएको छ ।

काठमाडाैंमा पछिल्लो समय कोरोना  संक्रमणको दर तिब्र रुपमा फैलिएको छ । आइतबार मात्रै ९२ जनामा कोरोना संक्रमित थपिएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय