scheduleबिहिवार आश्विन १५ गते, २०७७

धनुषाका मृतक पुरुषमा कोरोना संक्रमण पुष्‍टि

जनकपुर, २६ साउन । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएर मृत्यु भएका धनुषाका दुईजना पुरुषमध्ये एकजनामा कोरोना पुष्‍टि भएको छ । शनिबार राति मृत्यु भएका मिथिलाविहारी नगरपालिका-५ का ४५ वर्षीय पुरुषमा संक्रमण पुष्‍टि भएको हो  ।

मिथिलाविहारी स्थायी ठेगाना भएका उनी जनकपुर उपमहानगरपालिका-२ स्थित एक अस्पतालमा सुरक्षागार्डको काम गर्दै आएका थिए ।

बिदामा घर गएका बेला उनमा ज्वरो, रुघाखोकी र श्‍वासप्रश्‍वासको समस्या देखिएपछि शनिबार उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

त्यसैगरी शनिबार राति नै मृत्यु भएका शहिद नगरपालिकाका ५० वर्षीय पुरुषमा भने संक्रमण नभेटिएको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय