scheduleआइतवार आश्विन ११ गते, २०७७

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं, २६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या ‍मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा दिइएको जानकारी अनुसार  देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज काठमाडौंमा मात्रै ३६ जना, ललितपुर र भक्तपुरमा ४/ ४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै झापाका १ जना, खोटाङका २ जना र मोरङका १४ जनामा संक्रमण पुष्टि भएको छ। धनुषाका १३, महोत्तरीका ३, बाराका १, पर्साका २१ जना, काठमाडौंका ३६, ललितपुरका ४, नुवाकोटका ३, रौतहटका ३१ जनामा कोरोना पोजेटिभ भेटिएको छ।

त्यस्तै, सर्लाहीका २१ जना, सिन्धुपाल्चोकका १ जना, बाराका २ जना, मकवानपुरका २३ जना, सिन्धुलीका ६ जना, अछामका १ जना, अर्घाखाँचीका १ जना, बागलुङका १ जना, बाँकेका ६३ जना, बर्दियाका २, चितवनका १, दाङका ५, गोरखाका ३, कपिलवस्तुका ११, पाल्पाका १, रामेछाप १ र पर्सा १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको  छ।

यसैगरी स्याङ्जाका १, तनहुँका २, नवलपरासी पूर्वका २ जना, प्यूठानका १५, रुपन्देहीका १, कैलालीका ७, सल्यानका ७, रोल्पाका १, र सुर्खेतका १ जना, दैलेखका १७ जना र बैतडी र बझाङका १/१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय