scheduleबिहिवार आश्विन १५ गते, २०७७

ललितपुरमा उपचाररत कोरोना संक्रमित व्यक्तिको मृत्यु

काठमाडौं, २६ साउन । ललितपुरको किस्ट अस्पतालमा उपचार गराइरहेकी एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

काभ्रे पाँचखालकी ५० वर्षीया ती महिला निमोनियाको उपचार गराउन आइतबार दिउँसो अस्पताल गएकी थिईन् ।

निमोनियाको भएका कारण कोरोनाको आशंकामा स्वाब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

त्यसपछि आइसियूमा राखेर उपचार गरिएकी ती महिलाको सोमबार मृत्यु भएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय