scheduleबिहिवार आश्विन १५ गते, २०७७

हिसान कास्कीका सहसचिव चापागाई रहेनन्

पोखरा, २६ साउन । उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीका सहसचिव नारायण चापागाईंको निधन भएको छ । पोखराको स्पाइरल ग्यालेक्सी स्कुलका संस्थापक प्रिन्सिपल समेत रहेका चापागाईंको  ४२ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएको हो ।

जन्डिस तथा टाइफाइडबाट ग्रसित चापागाईंको पोखरामा केही दिनको उपचारपछि काठमाडौंको ओम हस्पिटल लगिएको थियो । ओम हस्पिटलबाट रिफर भएर ग्रान्डी अन्तर्राष्‍ट्रिय अस्पतालमा भर्ना गरिएका उनको सोमबार विहान देहान्त भएको हो ।

पर्वत स्थायी ठेगाना भएका चापागाईंको परिवारमा आमाबुबासहित श्रीमती, एक छोरा र एक छोरी छन् ।

हिसान कास्कीले चापागाईंको निधनप्रति शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय