scheduleआइतवार आश्विन ४ गते, २०७७

पोखराका ४ जनासहित गण्डकीमा थपिए ८ जना कोरोना संक्रमित

पोखरा, २७ साउन । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक मङ्गलबार बिहान जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा कास्कीका ४ जना तथा तनहुँ र बाग्लुङका २-२ जना छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १६३१ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं ५ का ११ वर्षीय बालक र ३८ वर्षीया महिला तथा वडा नं ३० का ३० वर्षीय पुरुष र वडा नं १७ का ४५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी तनहुँको बन्दीपुर वडा नं ३ र वडा नं ६ का २९ र १९ वर्षीय पुरुषमा पनि संक्रमण पुष्‍टि भएको छ ।

 

 

बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं ३ का ३९ वर्षीय पुरुष र वडा नं ४ की २२ वर्षीया महिलामा पनि संक्रमण भेटिएको छ ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय