scheduleमगलवार आश्विन ६ गते, २०७७

चितवन र रुपन्देहीका १३ जनामा कोरोना संक्रमण पुष्‍टि

चितवन, २७ साउन । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले सोमबार अबेर राति दिएको जानकारी अनुसार संक्रमण पुष्‍टि हुनेमा १० जना रुपन्देहीका र ३ जना चितवनका छन् ।

अस्पतालका अनुसार रुपन्देहीबाट प्राप्त स्वाब नमुनाहरुको परीक्षण गर्दा २३ देखि ७५ वर्ष उमेर समूहका ८ जना पुरुष तथा २१ र ३२ वर्षीय दुई महिला गरी १० जनामा संक्रमण पुष्‍टि भएको हो ।

त्यसैगरी चितवनको भरतपुर महानगरपालिका वडा नं ८ र वडा नं ११ का गरी दुई पुरुष र एक महिलामा पनि संक्रमण पुष्‍टि भएको छ । उनीहरु ३७ देखि ४६ वर्ष उमेर समूहका हुन् ।

भरतपुर अस्पतालमा आइतबार ल्याब बन्द रहेका कारण स्वाब परीक्षण भएको थिएन । सोमबार परीक्षण गरिएका २५० स्वाब नमूनाहरुमध्ये १३ वटाको रिपोर्ट पोजेटिभ आउँदा अन्य २३७ नमूनाहरुको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय