scheduleआइतवार आश्विन ४ गते, २०७७

जनकपुरमा कोरोना संक्रमितको उपचारको क्रममा मृत्यू

जनपुरधाम, २७ साउन । धनुषाको जनकपुरधाममा ट्राभल हिस्ट्री नखुलेका एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यू भएको छ ।

क्षयरोग र निमोनियाबाट पीडित विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो । कोभिड–१९ संयोजक डा. जामुन सिंहका अनुसार
उनी जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत थिए ।

सिंहका अनुसार उनको १८ दिनदेखि आईसीयूमा राखेर उपचार गरिँदै आएको थियो ।

योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यू हुनेको संख्या तीन पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय