scheduleमगलवार आश्विन ६ गते, २०७७

आइपिएल क्रिकेट यूएईमा गराउन भारत सरकारको अनुमति

काठमाडौं, २७ साउन । यस संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिता युएईमा गर्न भारतको सरकारले अनुमति दिएको छ।

आइपिएलको गभर्निङ परिषद्का अध्यक्ष ब्रिजेस पटेलले भारत सरकारले औपचारिक रुपमा अनुमति दिएको जानकारी गराएका हुन्।

यसअघि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले आईपिएल यूएईमा आयोजना गर्ने जनाएको थियो । खेलकुद मन्त्रालयबाट पनि अघिल्लो साता ‘ग्रिन सिग्‍नल’ आइसकेको थियो यद्यपि गृह र परराष्‍ट्रबाट भने औपचारिक रुपमा अनुमति पाउन बाँकी थियो । सेप्‍टेम्बर १९ देखि नोभेम्बर १० सम्म चल्ने प्रतियोगिताका खेलहरु ‘दुबई’, ‘शारजाह’ र ‘अबुदाबी’मा खेलाइने बताइएको छ । त्यसैगरी हरेक टिममा कुल २४ खेलाडी राख्‍न पाइने छ ।

भारतमा कोरोना महामारीले भयावह रुप लिँदै गएका कारण बीसीसीआईले यस वर्षको आईपिएल युएईमा गराउने निर्णय गरेको हो ।

एसिया कप क्रिकेट र टि-२० विश्‍वकप अर्को वर्षलाई सारिएपछि आईपिएल आयोजना गर्नका लागि बाटो खुलेको थियो ।

युएई गएपछि क्‍वारेन्टाइनमा बस्‍नुपर्ने बाध्यकारी नियम भने छैन । युएईका लागि प्रस्थान गर्नुपूर्व आफ्नो देशमा गरेको परीक्षण कोरोना भाइरसको नेगेटिभ नतिजा आउनु पर्नेछ भने यूएई पुगेपछि गरिने परीक्षणमा पनि नेगेटिभ नतिजा आए क्‍वारेन्टाइनमा बस्‍नुपर्ने छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय