scheduleआइतवार आश्विन ११ गते, २०७७

सुनको भाउ घट्यो, तोलामा कति ?

काठमाडाैं, २७ साउन । मंगलबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज प्रतितोला एक लाख एक हजार ६ सय रुपैयाँ निर्धारण गरिएको  छ ।

सोमबार  तोलामा २ सय रुपैयाँ घटेको सुन प्रतितोलाको एक लाख दुई हजार ४ सयमा कारोबार भएको थियो । लगातार बढेको सुनको मुल्य प्रतितोला एक लाख ३ हजार ५ रुपैयाँसम्म पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।

पछिल्लो समय लगातार तिन दिन सुनको मुल्यमा गिरावट आएको छ । चाँदी आज तोलामा ४० रुपैयाँ बढेर तोलाको १४ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भाउ अस्थिर हुँदा नेपालमा मुल्य घटेको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय