scheduleबिहिवार आश्विन ८ गते, २०७७

गोङ्गबु हत्याका आरोपीको बयान- दहीमा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरें

काठमाडौं, २७ साउन । दाङ घर भई काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहरालाई कल्पना मुडभरी (पौडेल)ले  हत्या गरेको खुलासा भएको छ । काठमाडौँको गोङ्गबु गणेशस्थान सडक किनारामा आइतबार बिहान सुटकेशभित्र बोहराको  शव भेटिएको थियो ।

हत्या आरोपी कल्पनाले  दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि अण्डकोषमा हम्मरले प्रहार गरेर हत्या गरेको बयानका क्रममा बताएकी छन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा हत्या बारे जानकारी दिदै बोहोरा लठ्ठिएपछि कल्पनाले अण्डकोषमा हम्मरले प्रहार गरेर हत्या गरेको बताए ।

बेहोस पारेपछि सलले घाँटी कसेर हत्या गरेको र त्यसपछि उनले घाँटी र खुट्टा छिनालेर आफैंले शव व्यवस्थापन गरेको प्रहरीले खुलाएको छ ।

अनुसन्धान गर्ने क्रममा प्रहरीले सोमबार हत्यामा संलग्न महिला र उनकी छोरीलाई चितवनको टाँडीबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । बोहोराको शव व्यवस्थापनमा उनकी छोरी पनि संलग्न रहेको प्रहरीको भनाइ छ ।

सुटकेशभित्र फेला परेको बेवारिसे शव सोमबार सनाखत भएको थियो । प्रहरीले विभत्स अवस्थामा फेला पारेको उक्त शवको सनाखत गर्न मृतकको अनुहारसहितको तस्बिर सार्वजनिक गरेको थियो । तस्बिर सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै शवको सनाखत भएको थियो ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय