scheduleशनिवार आश्विन १० गते, २०७७

त्रिविमा तोडफोड गर्ने नेविसंघका कार्यकर्ता पक्राउ

काठमाडौं, २७ जेठ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय र शिक्षाशास्त्र संकायमा तोडफोड गरेको आरोपमा प्रहरीले नेविसंघका ७ जना कार्यकर्ता पक्राउ गरेको छ ।

मंगलबार बिहान उपकुलपति र रजिस्टारको कार्यालय तथा शिक्षाशास्त्र संकायमा नेविसंघका कार्यकर्ताले तोडफोड गरेका थिए ।

पक्राउ पर्नेमा सम्झना खत्री, सञ्जय चौधरी, हरिप्रसाद जोशी, रामबहादुर थामी, रमेश कुँवर, विष्णु बडैला र मनोज कुँवर रहेको प्रहरीले जनाएको छ ।

विश्वविद्यालयमा अनियमितता हुँदै आएको,  आफ्ना माग समेत पूरा नभएको र परीक्षाको विकल्प समेत नदिएको  भन्दै  तोडफोड  गरेका थिए ।

नेविसंघका महामन्त्री दीपक भट्टराईले उनीहरुलाई झुटा मुद्धा लगाउने तयारी भएको भन्दै तत्काल रिहाइको माग गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय