scheduleबिहिवार आश्विन १५ गते, २०७७

काठमाडौं उपत्यकामा थपिए १३४ जना कोरोना संक्रमित

काठमाडौं, २७ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उपत्यकाका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ थपिने संक्रमितको बारेमा जानकारी गराइएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ११० जनामा कोरोना संक्रमण भेटिएको छ भने ललितपुरमा १६ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्ला दिनहरुमा संक्रमणको दर व्यापक रुपले बढेसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ५०० नाघिसकेको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा कुल ६३८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय