scheduleबिहिवार आश्विन १५ गते, २०७७

मङ्गलबार थप ६३८ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २३९४८

काठमाडौं, २७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ६३८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १७१ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ६६४ पुगेको छ ।

मङ्गलबारसम्म ११ हजार ५८ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ७ हजार २०१ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ४६२ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ४ लाख ६२ हजार ६९८ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप चारजनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ८३ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय