scheduleशनिवार आश्विन १० गते, २०७७

अब यी १० नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाइने

काठमाडौं, २७ साउन । सरकारले भारतबाट नेपाल प्रवेश गर्न चाहने नेपालीको लागि १० वटा सीमा नाकामात्रै खुला गरेको छ । यसअघि जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले २० वटा सीमा नाकाबाट प्रवेश अनुमति दिएको थियो ।

सरकारका प्रवक्ता युवराज खतिवडाकाअनुसार झापाको काँडडभिट्टा, मोरङको रानी , सिरहाको मार्डर नाका , रौतहटको गौर नाका, पर्साको वीरगन्ज, रुपन्दहीको बेहलिया, कपिलवस्तुको कृष्णनर, बाँके जमुनाहा, कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्रै नेपाल प्रवेश गर्न दिइने निर्णय भएको छ ।

सरकारले कोरोना संक्रमणको उच्च जोखिमका कारण अन्य नाकाबाट  नेपाल प्रवेश गर्न नदिने निर्णय गरेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय