scheduleआइतवार आश्विन ११ गते, २०७७

पोखरा र स्याङ्जाका १७ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, २७ साउन । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक मङ्गलबार साँझ जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा कास्कीका ११ जना र स्याङ्जाका ६ जना छन् ।

योसँगै प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १६४८ पुगेको छ ।

क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं ९ का ३० र ३१ वर्षीय दुई पुरुष तथा ११ वर्षीय बालिकासहित २७ ३५ र ३७ वर्षीया महिलामा संक्रमण पुष्‍टि भएको छ ।

त्यसैगरी पोखराकै वडा नं १९ का २५ देखि ८० वर्ष उमेर समूहका चारजना महिलामा संक्रमण पुष्‍टि हुँदा अर्की ३७ वर्षीया महिलामा पनि संक्रमण देखिएको छ ।

यता स्याङ्जाको पुतलीबजार नगरपालिकाका ५३ र ६३ वर्षीय दुई पुरुष तथा ३८ देखि ५७ वर्ष उमेर समूहका चारजना महिलामा संक्रमण भेटिएको छ ।

यसअघि आजै विहान पनि पोखराका ४ जनासहित गण्डकीमा ८ जना संक्रमित थपिएका थिए । विहान थपिएका पोखराका चारैजना संक्रमित क्‍वारेन्टाइन बाहिरका हुन् । पोखरामा कोरोना समुदायस्तरमै फैलिएको अनुमान गरिएको छ ।

यसैबीच गण्डकी प्रदेशभर कोरोनाबाट निको हुनेको संख्या १४९३ पुगेको पनि निर्देशनालयले जनाएको छ । हालसम्म ५ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय