scheduleमगलवार आश्विन ६ गते, २०७७

भरतपुर कोभिड-१९ प्रयोगशाला: चितवनका १६ जनासहित थप २१ जनामा कोरोना संक्रमण पुष्‍टि

 

चितवन, २८ साउन । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले मङ्गलबार मध्यराति दिएको जानकारी अनुसार संक्रमण पुष्‍टि हुनेमा चितवनका १६ जना, तनहुँका २ जना तथा बैतडी, बारा र रौतहटका एक-एकजना छन् ।

अस्पतालका अनुसार चितवनको भरतपुर महानगरपालिका वडा नं १, ३, ४, ८, १० र ११ का ६ वर्षीय बालकसहित २६ देखि ५० वर्ष उमेर समूहका ६ पुरुषमा संक्रमण पुष्‍टि भएको छ । त्यसैगरी २० देखि ४२ वर्ष उमेर समूहका पाँचजना महिलामा पनि संक्रमण देखिएको अस्पतालले जनाएको छ । उनीहरु भरतपुर अस्पताल, बिपी कोइराला क्यान्सर अस्पताल, पुरानो मेडिकल कलेज, नेशनल सिटी अस्पताल लगायतका अस्पतालहरुमा भएका व्यक्तिहरु भएको बताइएको छ ।

यस्तै चितवनकै राप्ती नगरपालिका वडा नं ६ का २२, २८ र ३० वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । उनीहरु सबै क्‍वारेन्टाइनका हुन् । त्यसैगरी मौलाकालिका अस्पतालमा उपचाररत् इच्छाकामना गाउँपालिकाकी एकजना ७८ वर्षीया महिलामा पनि संक्रमण देखिएको छ ।

क्‍वारेन्टाइनमा रहेका तनहुँका ३० र ५४ वर्षीय दुई पुरुषमा पनि संक्रमण देखिँदा बैतडी स्थायी ठेगाना भएका बिपी कोइराला क्यान्सर अस्पतालमा उपचाररत् ४० वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । भरतपुर अस्पतालमा उपचाररत् बाराको सिमरा-९ का ४५ वर्षीय पुरुष र पुरानो मेडिकल कलेजमा उपचाररत् रौतहटकी ८ वर्षीया बालिकामा पनि संक्रमण देखिएको छ ।

प्रयोगशालामा मंगलबार अबेर रातिसम्म परीक्षण गरिएका ३१० स्वाब नमूनाहरुमध्ये २१ वटाको रिपोर्ट पोजेटिभ आउँदा अन्य २८९ नमूनाहरुको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय