scheduleशनिवार आश्विन १० गते, २०७७

अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

मुम्बई, २८ साउन । चर्चित बलिउड अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको खबर हिन्दुस्तान टाइम्सले प्रकाशन गरेको छ ।

उनको क्यान्सर तेस्रो वा चौथो चरणमा पुगिसकेको बारे भारतीय सञ्चार माध्यममा प्रकाशित खबर बाझिएको छ । हिन्दुस्तान टाइम्सले चौथो चरणमा पुगेको जनाए पनि अन्य केही सञ्चार माध्यमले भने तेस्रो चरणमा रहेको खबर प्रकाशन गरेका छन् ।

श्वासप्रश्वासमा समस्या भएपछि शनिबार उपचारका लागि उनी मुम्बईस्थित लीलावती अस्पतालमा अस्पताल पुगेका थिए । सोमबार उनले अस्पतालबाट डिस्चार्ज लिएका छन् । थप उपचारको लागि अमेरिका जाने तयारी सुरु भएको जनाइएको छ ।

अस्पतालमा परीक्षणको क्रममा उनको छातीमा तरलपदार्थ पाइएको र अक्सिजनको मात्रामा तलमाथि भइरहेको देखिएको छ । क्यान्सरको चौथो चरणमा प्रवेश गर्नु भनेको उपचारको सम्भावना दुर्लभ हुनु हो ।

यद्यपि दत्तको क्यान्सर भने शीघ्र र गम्भीर उपचार गर्दा निको हुनसक्ने सम्भावना रहेको टाइम्स अफ इण्डियाले खबर लेखेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय