scheduleमगलवार आश्विन ६ गते, २०७७

कोरोना संक्रमित वृद्धको एम्बुलेन्समै ज्यान गयो

सप्तरी, २८ साउन । सप्तरीमा कोरोना संक्रमित एक वृद्धको एम्बुलेन्समै ज्यान गएको छ । मंगलबार राति डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय वृद्वको मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार उनलाई चार दिनअघि ज्वरो आएको थियो । कोरोनाको लक्षण देखिएको आशंकामा त्यतिबेलै उनको स्वाब संकलन गरिएको थियो । मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा ल्याउन अस्पतालले एम्बुलेन्स पठाएको थियो ।

ती वृद्धको एम्बुलेन्समा चढ्नासाथ मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनी मुटुसँगै थाइराइड, सुगर, उच्च रक्तचापबाट समेत पीडित थिए ।

योसँगै सप्तरीमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि रुपनी गाउँपालिका-५ गढियाका ४५ वर्षीय पुरुष र सदरमुकाम राजविराज ६ निवासी ७२ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यू भइसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय