scheduleआइतवार आश्विन ४ गते, २०७७

ह्वातै घट्यो सुनको भाउ

काठमाडौं, २८ साउन । बुधबार सुनको भाउ ह्वातै  घटेको छ । मंगलबारको तुलनामा सुनको भाउ तोलामा ६ हजार २ सय रुपैयाँले  घटेको हो ।

मंगलबार  प्रतितोला एक लाख एक हजार ६ सय रहेको सुनको भाउ बुधबार  प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै  तेजाबी सुन प्रतितोला ९४ हजार ९ सय रहेको महासंघले जनाएको छ । चाँदी आज १२ सय १० रुपैयाँ कायम भएको छ । सुनको मुल्यमा एकैदिन भएको  यो  गिरावट हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

 

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय